Bal krishna sama biography of martin

Paraag marathe biography of martin luther king

बालकृष्ण सम

बालकृष्ण सम नेपाली साहित्यका नाटककार र चित्रकार थिए । वि.सं. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले 'शमशेर जङ्बहादुर राणा' हटाई 'सम' थपेका थिए। उनी जनरल समर शमशेरका पुत्र थिए।

जन्म

[सम्पादन गर्नुहोस्]

बालकृष्ण समको जन्म वि.सं.

१९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो।

शिक्षा

[सम्पादन गर्नुहोस्]

उनले आई. एस सी सम्मको अध्ययन मात्र गर्नु भए का थिए ।

सेवा, पेसा र संलग्नता

[सम्पादन गर्नुहोस्]

कृतिहरू

[सम्पादन गर्नुहोस्]

डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा मुटुको व्यथा (१९८६), मुकुन्द-इन्दिरा (१९९४), प्रह्लाद (१९९५), अन्धवेग (१९९६), भक्त भानुभक्त (२०००), प्रेमपिण्ड (२००२), अमरसिंह (२०१०), स्वास्नीमान्छे (२०३३) आदि पर्दछन्। यी नाटकमध्ये मुटुको व्यथा, मुकुन्द-इन्दिरा, म आदि सामाजिक हुन् भने अमरसिंह, भक्त भानुभक्त, भीमसेनको अन्त्य आदि ऐतिहासिक हुन्। त्यस्तै, ध्रुब, प्रह्लाद आदि पौराणिक नाटक हुन् भने स्वास्नीमान्छेचाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो। अन्त्यका हिसाबले हेर्दा ध्रुब, प्रह्लाद, मुकुन्द-इन्दिरा आदि संयोगान्त तथा मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड आदि दुःखान्त भएका छन्। उनका बोक्सी, नालापानीमा, बिरामी र कुरुवा, रणदुल्लभ जस्ता उत्कृष्ट र सबल एकाङ्कीहरू पनि प्रकाशित छन्। सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्। कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबल देखिन्छन्।

लघुनाटक (एकाङ्की) देखि प्रेमपिण्ड जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ। नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रोयल नेपाल एकेडेमीका (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) सदस्य र पछि उपकुलपतिसमेत बनाइयो।

क्र०सं०पुस्तकको नामविधाप्रकाशित गरेको साल (वि०सं०)
आगो र पानीखण्डकाब्य२०११
चिसोचूल्होमहाकाव्य२०१५
बालकृष्ण समका कविताकविता सङ्ग्रह२०३८
मुटुको व्यथानाटक१९८६
प्रह्लादनाटक१९९५
ध्रुबनाटक१९८६
अन्धवेगनाटक१९९६
मुकुन्द-इन्दिरानाटक१९९४
भक्तभानुभक्तनाटक२०००
१०नाटक२००२
११प्रेमपिण्डनाटक२००९
१२अमरसिंहनाटक२०१०
१३भीमसेनको अन्त्यनाटक२०१२
१४तलमाथिनाटक२०२३
१५तानसेनको झरीनाटक२०२६
१६अमितवासनानाटक२०२७
१७स्वास्नीमान्छेनाटक२०३३
१८मोतीरामनाटक२०३३
१९उ मरेकी छैननाटक२०३५
२०बोक्सीएकाङ्की१९९९
२१भतेरएकाङ्की२०१०
२२तपोभूमीएकाङ्की२०१४
२३चार एकाङ्कीएकाङ्की२०२०
२४माटोको ममताएकाङ्की२०२६
२५बिरामी र कुरुवाएकाङ्की२०२७
२६नियमित आकस्मिताप्रबन्ध२००५
२७मेरो कविताको आराधन उपासना १प्रबन्ध२०२३
२८मेरो कविताको आराधन उपासना २प्रबन्ध२०२९
२९ समका तीन नाटक नाटक २०५९
३० समका एकाङ्की एकाङ्की २०५९
३१ Heroes of Nepal जीवनी 1971

सम्मान/पुरुस्कार

[सम्पादन गर्नुहोस्]

उनको नाममा 'बालकृष्ण सम फाउन्डेसन' नामक साहित्यिक संस्था पनि स्थापना भएको छ।

मृत्यु

[सम्पादन गर्नुहोस्]

उनको मृत्यु वि.सं.

२०३८ साल साउन ६ गते, पशुपति आर्यघाट, काठमाडौँमा भएको थियो।

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]